६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला’



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।

म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उनी गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उनी पुनः मन्त्री बनेका हुन् । शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका थिए ।