७ श्रावण २०८३, बिहीबार
,
Latest
देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला’



अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गरेका हुन् । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।

म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उनी गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उनी पुनः मन्त्री बनेका हुन् । शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका थिए ।