१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

यसरी पक्राउ परे टोपबहादुर, भन्छन्- छोरा पक्राउ परेपछि मन बिग्रियो अनि फरार भएँ

यसरी पक्राउ परे टोपबहादुर, भन्छन्- छोरा पक्राउ परेपछि मन बिग्रियो अनि फरार भएँ
फाईल फोटो
अ अ+ अ-

नेपालीलाई भुटानी शरणार्थी प्रकरणका आरोपी तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भारतबाट पोरखा हुँदै काठमाडौँ फर्किएको आजको नयाँ पत्रिकामा समाचार छ ।

पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ ।

अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । भारतको नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ । अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।

स्रोतका अनुसार रायमाझी नयाँदिल्लीमा एक नेपाली मूलका व्यापारीको घरमा बसेका थिए । ‘उनका साढुदाइ पनि त्यहाँ रहेछन्, उनकै सहयोगमा बसेको देखियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीको टोली आएको जानकारी पाएपछि पक्राउ पर्ने डरले नेपाल फर्किएको बुझियो ।’

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ पर्दा औपचारिक रूपमा केही जानकारी नदिएको प्रहरीले रायमाझी पक्राउ पर्दा भने बुढानीलकण्ठबाट पक्राउ गरिएको भनेर प्रेस विज्ञप्ति निकालेको छ । गत २० वैशाखमा पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । त्यस दिन उनले आफू निर्दोष रहेको र काठमाडौं फर्किएर प्रहरीलाई सघाउने बताएका थिए । भोलिपल्ट रायमाझीलाई पक्राउ गर्न प्रहरी टोली खटिएकोमा आफैँ उपस्थित हुने भन्दै पक्राउ नगरिदिन आइजिपी वसन्तबहादुर कुँवरलाई आग्रह गरेका थिए । सोही आधारमा आइजिपीले त्यति सुविधा दिन भन्दै टोलीलाई फर्काएकोमा उनी प्रहरीलाई झुक्याउँदै भारत भागेका थिए ।

लगत्तै आइजिपी कुँवरले नै रायमाझीलाई पक्राउ गर्न सिआइबीको टोली खटाएका थिए । सोहीअनुसार फरार भएको ११औँ दिनमा उनी पक्राउ परेका हुन् । उनका छोरा सन्दीप २० वैशाखदेखि नै प्रहरी हिरासतमा छन् । रायमाझी बाबु–छोरा नक्कली शरणार्थीसम्बन्धी ठगीमा सुरुदेखि नै संलग्न रहेको प्रहरी दाबी छ । उनीहरूले बैंक खातामै पटक–पटक पैसा लिएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो । ‘बालकृष्ण पन्थी नेतृत्वको कार्यदल गठनमै पनि टोपबहादुरको सक्रियता देखिन्छ,’ स्रोत भन्छ, ‘त्यसपछि पनि उनले सो प्रतिवेदन कार्यान्वयनमा सहयोग गरिदिने भन्दै पैसा लिएको पुष्टि हुन्छ ।’

हिरासतमा रहेका सानु भण्डारीलगायतका बिचौलियाले रायमाझीले पैसा लिएको प्रमाण नै पेस गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । फरार भएपछि उनलाई एमालेले सचिवबाट निलम्बन गरिसकेको छ ।

एसएसपी कार्कीको प्रश्न– आउँछु भनेर किन भाग्नुभयो ?
टोपबहादुर रायमाझीको जवाफ– छोरा पक्राउ परेपछि मन बिग्रियो
पक्राउ गरिएपछि रायमाझीलाई साँझ जिल्ला प्रहरी परिसर टेकुमा लगिएको थियो । जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ जवाफमा रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’

परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए । उनलाई खोज्न प्रहरीले हैरानी व्यहोरेको थियो । २० वैशाखको बेलुका उनका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका थिए ।

टोपबहादुरलाई पनि प्रहरीको ‘सत्कार’
एमाले नेता टोपबहादुर रायमाझीलाई पनि प्रहरीले हिरासतमा नराखी प्रहरी बस्ने कोठामै राखेको छ । उनलाई प्रहरी वृत्त, सोह्रखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।

‘पूर्वमन्त्रीलाई डिएसपी बस्ने कोठामा राखेपछि पूर्वउपप्रधानमन्त्रीलाई पनि त राम्रै ठाउँमा राख्नुपर्‍यो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले व्यंग्यात्मक शैलीमा भने । सोह्रखुट्टेमा प्रहरी वृत्तको भवन नयाँ र सुविधासम्पन्न भएकाले रायमाझीलाई त्यहाँ राखिएको हो । बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि हिरासतमा नराखी टेकुस्थित प्रहरी परिसरमा डिएसपीको कोठामा राखिएको छ । यो प्रकरणमा पक्राउ परेका अन्य ११ जना भने काठमाडौंका विभिन्न हिरासतमा छन् । एकै हिरासतमा राख्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले फरक–फरक हिरासतमा राखिएको छ ।