१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै



अ+ अ-
काठमाडौँ । आज पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने भएको हो ।
यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई नियमित लगाउन लागिएको हो । जसअनुसार १३ प्रकारका खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नजिककै स्वास्थ्य संस्थामा लगी निःशुल्क छुट खोप लगाउन आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘खोप नलगाउँदा बालबालिकामा हुनसक्ने रोगको संक्रमण साथै अपांगता तथा मृत्यु हुनबाट बचाउन आफ्नो मात्र होइन समाजका सबै बालकालिकाले खोप लगाउन आवश्यक हुन्छ । तसर्थ यस अभियानमा सहभागी भइ आफ्नो टोल, छिमेकका बालबालिका साथै विद्यालय जाने विद्यार्थीहरुले खोप लगाए वा नलगाएको यकिन गरी समन्वय गरिदिनुहुन सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी तथा आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछु ।’