• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै



काठमाडौँ । आज पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउने भएको हो ।
यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई नियमित लगाउन लागिएको हो । जसअनुसार १३ प्रकारका खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नजिककै स्वास्थ्य संस्थामा लगी निःशुल्क छुट खोप लगाउन आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, ‘खोप नलगाउँदा बालबालिकामा हुनसक्ने रोगको संक्रमण साथै अपांगता तथा मृत्यु हुनबाट बचाउन आफ्नो मात्र होइन समाजका सबै बालकालिकाले खोप लगाउन आवश्यक हुन्छ । तसर्थ यस अभियानमा सहभागी भइ आफ्नो टोल, छिमेकका बालबालिका साथै विद्यालय जाने विद्यार्थीहरुले खोप लगाए वा नलगाएको यकिन गरी समन्वय गरिदिनुहुन सम्पूर्ण अभिभावक, नागरिक समाज, राजनीतिकर्मी, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी तथा आम नागरिक सबैमा हार्दिक अनुरोध गर्दछु ।’