• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

एस्टन भिल्लासँग हार्यो टोटेनहम



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले टोटेनहमलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा ८ औं मिनेटमा नै जाकोव राम्सेले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा डुग्लास लुइजले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।

९० औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपनि टोलीको हार टार्न सकेनन् । यो नतिजासँगै ३६ खेलबाट ५७ अंकका साथ टोटेनहम छैटौं स्थानमा रहँदा समान खेलबाट समान अंक भएपनि एस्टन भिल्ला जिडीको आधारमा सातौं स्थानमा छ ।