• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दुई पेनाल्टीमा गोल गर्दै न्युक्यासलले लिड्ससँग बराबरी खेल्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा न्युक्यासलले लिड्स युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको सातौं मिनेटमा नै लुक एइलिङले गोल गर्दै घरेलु टोली लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा कालुम विल्सनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

६९ औं मिनेटमा विल्सनले नै पेलान्टीमा गोल गर्दै न्युक्यासललाई २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा रासमस क्रिस्टेनसनले गोल गर्दै लिड्सलाई हारबाट जोगाए । खेलको २६ औं मिनेटमा लिड्सका प्याट्रिक बाम्फोर्ड पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

बराबरीसँगै ३५ खेलबाट न्युक्यासल ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । लिड्स ३७ खेलबाट ३१ अंकका साथ १८ औं स्थानमा छ ।