६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पेनाल्टीमा गोल गर्दै न्युक्यासलले लिड्ससँग बराबरी खेल्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले बराबरी खेलेको छ । शनिबार साँझ सम्पन्न खेलमा न्युक्यासलले लिड्स युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको सातौं मिनेटमा नै लुक एइलिङले गोल गर्दै घरेलु टोली लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा कालुम विल्सनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

६९ औं मिनेटमा विल्सनले नै पेलान्टीमा गोल गर्दै न्युक्यासललाई २–१ को अग्रता दिलाए । ७९ औं मिनेटमा रासमस क्रिस्टेनसनले गोल गर्दै लिड्सलाई हारबाट जोगाए । खेलको २६ औं मिनेटमा लिड्सका प्याट्रिक बाम्फोर्ड पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

बराबरीसँगै ३५ खेलबाट न्युक्यासल ६६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । लिड्स ३७ खेलबाट ३१ अंकका साथ १८ औं स्थानमा छ ।