१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैनः एमाले

संघीयताबारे केन्द्रीय कमिटी बैठकमा छलफल नै भएको छैनः एमाले
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाउनु भएको हो । बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताउनु भएको पनि पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनु भयो ।

ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रिय सदस्यलाई निर्देशन समेत दिनु भएको थियो । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको पनि बताउनु भएको थियो । ओलीको भनाई उधृत गर्दै प्रचार उपप्रमुख रिजालले भन्नु भयो, ‘हिजो देखि एउटा हल्ला चलाईएको छ–नेकपा एमालेका चालू केन्द्रिय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो ।

अव नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नु भएको छ । र, तपाईहरुलाई थाहा छ–हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन । कुनै साथीहरुले समूहमा उभिदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ ।

यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नु भएको छ । यो पार्टीको विधिको हिसावले पनि गलत छ । र, पार्टीको मान्यताको हिसावले पनि गलत छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने अगुवा पार्टी, नेता पार्टी र यसको सर्जक पार्टी नेकपा एमाले हो । यो संविधानको निर्माता नेकपा एमाले हो । यो संविधनन निर्माण भएवापत मुलुकले नाकाबन्दी भोग्दासमेत त्यसको दृढतापूर्वक नेतृत्व गर्ने र सामना गर्ने पार्टी हो ।

यो पार्टीले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने अहिले कुनै पनि काम गर्न सक्दैन । र, त्यो काम सोच्न पनि सक्दैन । यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्दिय कमिटी बैठकमा निर्देशन गर्नु भएको छ । र, सबै केन्द्रिय कमिटीका सदस्यहरुलाई पार्टीको निर्णित कुरा, आधिकारिक कुरा, केन्द्रिय कमिटीका आधिकारिक निर्णयहरु बोकेर जान आग्रह गर्नु भएको छ ।’

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।