१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

महाअभियोगको अस्त्र राजनीतिक दाउपेचमा प्रयोग भयो: संविधानविद् आचार्य (भिडियो)

महाअभियोगको अस्त्र राजनीतिक दाउपेचमा  प्रयोग भयो: संविधानविद् आचार्य  (भिडियो)
अ अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताउनुभएको छ । 

आइतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरु समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताउनुभएको हो । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई समेत प्रभाव पार्ने उहाँले बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सवालमा पनि यस प्रकरणले प्रश्न उब्जाएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘तिन, चारवटा मैले परिघटना देखिराखेको छु । एउटा, नम्बर एकमा यो सत्ता गठबन्धनबाट यो कुराहरु बाहिर आयो । यो प्रस्ताव बाहिर विधिवत् रुपमा ९८ जनाले संसदमा पु¥याए । यसमा महत्वपूर्ण कुरा के छ भने, सत्ता गठबन्धनको सबै घटक यसमा समावेश देखिएन । तिनवटा घटक देखिएको छ । यसले भोलीका दिनमा सत्ताको यो गठबन्धनलाई सकारात्मक या नकारात्मक के प्रभाव पार्छ अवश्य यसले प्रभाव पार्ने मैले देखिरहेको छु । नम्बर दुई, अहिले ठुलो विवादमा एमसीसी रहेको थियो । एमसीसीलाई पारित गर्ने वा नगर्ने भन्ने विषयमा । आजको घटनाले यसलाई पनि प्रभाव पार्छ । कस्तो प्रभाव पार्छ त्यो हेर्न बाँकी छ । तेस्रो, सभामुखको निरन्तरतालाई पनि यसले प्रभाव पार्ने मैले देखिराख्या छु । खासगरी प्रतिपक्ष यो विषयमा अलि डरलाग्दो ढंगले अगाडी बढ्ने सम्भावना देखिन्छ । चौथो, स्थानीय तहको निर्वाचनको घोषणा सरकारले गरेको छ ।

तर यो विषय यदी भोली बल्झिदै गएर एउटा अर्कै मोड लिन गयो भने चाहीँ निर्वाचनको भविष्य माथि पनि यसले असर गर्छ । समग्रमा मलाई लाग्छ, यो नेपालको संविधानको कतिपय भेरियवलहरुमा नै एकप्रकारको क्राइसिस देखिने सम्भावना देखिन्छ । किनभने आजको घटना चाहीँ सिम्प्ली केही विचाराधिन मुद्दालाई हेरेर गरियो अथवा बार लगायतले उठाएको आन्दोलनलाई मध्यनजर गरेर गरियो अथवा प्रधानन्यायाधीशमाथि उठेका ति गम्भिर प्रश्नहरुलाई मध्यनजर गरेर ति व्यक्ति त्यो पदमा बसेर अगाडी बढ्न अब उपयुक्त छैन भनेर गरियो, ति मध्ये कुन आधारमा त्यो प्रस्ताव अगाडी बढेको थियो भन्ने कुराले पनि अबका दिनको नेपालको राजनीतिक, न्यायिक अरु कोर्षलाई निर्धारण गर्ने वा प्रभाव पार्ने भएको कारणले गर्दाखेरी यो घटना सतहमा महाअभियोगको प्रस्ताव गयो प्रधानन्यायाधीश निलम्बित भए भन्नेमा सिमित नरहेर यसले धेरै पाटाहरुलाई उजागर गरेको अवस्था म देख्छु ।’

संविधानविद् आचार्यले राजनीतिक दलहरुले आ–आफ्नो राजनीतिक दाउपेचमा खेल खेल्ने गर्दा दलहरु र संसद आफैँले अनुमोदन गरी नियुक्त गरेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने अवस्था पटक पटक आउने गरेको बताउनुभयो । खराब मान्छेलाई किन नियुक्त गरेको र महाअभियोग किन लगाएको भन्ने सम्बन्धमा प्रश्न गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको प्रधानन्यायाधीश चोलेन्द्र समेतलाई जोड्दाखेरी तिनवटै घटनामा तिनवटै पात्रलाई अहिलेका दल र अहिलेको संसदले अनुमोदन गरेर नियुक्ती गरेको थियो । आफैले अनुमोदन गरेकोमा उसले आफैले फेरी महाअभियोगबाट हटाउनुपर्ने अवस्था आएको छ । यसले के देखिन्छ भने नेपालमा जतिपनि संवैधानिक निकायहरु  र संविधानले परिकल्पना गरेका तिनवटा अंगहरु प्रजातन्त्रको महत्वपूर्ण पिल्लर मानिन्छ । संविधानको महत्वपूर्ण पिल्लर मानिन्छ । अनि त्यो स्वच्छ भयो, पारदर्शी भयो, सक्षम भयो भने मात्रै यो संविधानले सही ढंगले फंशन गर्ने, डेमोक्रेसी सहि ढंगले फंशन गर्ने भन्ने कुरा हो । तर यि सबै निकायमा नेपालका दलहरुले पटक पटक आफ्नो राजनीतिक दाउपेच र हिसाबकिताबमा खेलहरु खेल्ने गरेका छन् । त्यसले गर्दा के भएको छ भनेदेखि सुधारहरु उन्मुख हुन्छ अनि अन्तिममा गएर सुधारहरु बाट बिचलित भएर अर्को मोडमा जानुपर्ने अवस्था रहन्छ । अहिलेपनि मलाई लाग्छ यो परिवेशमा त्यही देखियो । अहिले हामीले गर्ने प्रश्न के हो भनेदेखि तिमीले किन खराब मान्छेलाई नियुक्ती गर्छौ ? अनि आफैले नियुक्ती गरिसकेपछि फेरी महाअभियोगबाट हटाउनुपर्ने अवस्थाहरु किन आउँछ ? ’

संविधानविद् आचार्यले यदि प्रधानन्यायाधीश जबराले महाअभियोग प्रस्ताव पास हुनु अघि पदबाट राजीनामा दिएमा महाअभियोगको प्रक्रिया अगाडी बढाइरहनु नपर्ने बताउनुभयो । यद्यपी त्यस प्रकारको परिस्थितिमा अन्य प्रकारका अनुसन्धानहरु भने गर्न सकिने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘पदमा नै नभएको संवैधानिक पदाधिकारीको विरुद्धमा महाअभियोगको प्रस्ताव र प्रक्रिया अगाडी बढ्न सक्दैन । त्यसैले यदी अहिले निलम्बित प्रधानन्यायाधीशले यदी पदबाट राजीनामा दिनुभयो भने प्रधानन्यायाधीशको पदमा उहाँ भएको देखिन्न । त्यस्तो अवस्थामा राजीनामा दिइसकेपछि उहाँलाई त्यो हैसियतमा उहाँका विरुद्धमा आएका आरोपहरुको बारेमा छानविन गर्न, अनुसन्धान गर्नका लागि चाहीँ आपत्ति हुँदैन । त्यो बाटो चाहीँ संसदले पनि ओभर साइटबडीको रुपमा उसले अनुसन्धान गर्न सक्छ ।

तर पदबाट राजीनामा दिइसकेपछि महाअभियोगको प्रस्ताव र महाअभियोगको प्रक्रिया अगाडी बढ्न सक्दैन किनभने संविधानमा पदमा रहेको प्रधानन्यायाधीश वा संवैधानिक निकायको पदाधिकारीको विरुद्धमा मात्रै महाअभियोगको प्रक्रिया अगाडी बढ्ने हो किनभने पदमा छदै महाअभियोगको प्रक्रिया अगाडी बढाएर त्यहाँ दुई तिहाई मतबाट महाअभियोगको प्रस्ताव पारित भयो भने त्यो बेला चाहीँ ऊ पदमुक्त हुन्छ । पहिले नै पदमुक्त भयो भने त्यो प्रक्रिया अगाडी बढ्दैन । अरु थप अनुसन्धानहरु त्यो बारेमा हुनसक्ने कुरालाई चाहीँ हामीले मान्नुपर्ने हुन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्ध आइतवार सत्तारुढ गठबन्धनका ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।