२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक नीति सुधार्ने गरी काम गर्छुः आर्थिक मामिलामन्त्री आले



अ+ अ-

तनहुँ । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आउनुभएका मन्त्री आलेले नेपाली कांग्रेस तनहुँले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताउनुभयो । “अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ । प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक मन्त्रालयको क्षेत्राधिकारलाई सदुपयोग गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको आगामी बजेटमा जनमैत्री कार्यक्रम पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठलगायतले प्रदेशको खस्कँदो आर्थिक अवस्थालाई सुधारेर जनताको मन जित्ने कार्यमा जुट्न सुझाव दिनुभएको थियो ।