३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

संकटालाई पुलिसले हरायो, मनाङ र शेर्पाको बराबरी

संकटालाई पुलिसले हरायो, मनाङ र शेर्पाको बराबरी
अ+ अ-

काठमाडौँ । रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको नेपाल पुलिसले शुक्रवार शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई पराजित गर्दै रेलिगेशन क्षेत्र छाड्दा अर्को खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली पुलिसले संकटालाई २–१ गोल अन्तरले पराजित गर्दै रेलिगेशन क्षेत्र छाडेको हो । पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा पुलिसले दोस्रो हाफमा गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पलिसलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गर्दा संकटा निशान खड्काले फ्रिकिकमार्फत गोल गरेका थिए । पुलिसका मोजेस ग्याबा र मोहमद आशिकले गोल गर्न सफल भएका थिए ।

शुक्रवारको जितसँगै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको छ । स्पष्ट तीन अंक पछि पुलिसले १७ खेलबाट १९ अंक बनाउँदै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । अहिले सम्म पुलिसले ५ जित, ४ बराबरी र ८ हार भोगेको छ । उता पराजित संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ दशौं स्थानमा छ ।

रेलिगेशन बच्न संघर्ष गरिरहेको पुलिसले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रको दायाँ भागबाट हिजाजीले दिएको क्रसमा मोजेसले हेडरमार्फत गोल गर्दै पुलिसलाई शुरुवाती अग्रता दिलाएका थिए । पछि परेसँगै दबाब झेल्दै खेलेको संकटाले २४ औं मिनेटमा बराबरी गोल गर्न सफल भयो । निशान खड्काले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको फ्रिकिकले गोलको दिशा लिएको थियो ।

त्यसपछिको पहिलो हाफको बाँकी समयमा संकटाले खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । दोस्रो हाफमा आक्रामक रणनीतिका साथ खेलेको पुलिसले ७९ औं मिनेटमा पुनः अग्रता लियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आशिकले पेनाल्टी बक्सभित्र अलमलमा परेको बललाई गोलको दिशा दिँदै पुुलिसलाई पुनः अग्रता दिलाउन सफल भएका थिए । पहिलो प्रहार पोस्टमा लागेर फकिएको बललाई उनले डिफेन्डर र गोलरक्षकको बीचबाट जाली चुमाउन सफल भएका थिए । इन्जुरी समयमा मोजेसको शक्तिशाली प्रहार संकटाको गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरेका थिए । बाँकी समयमा केही प्रयास भएपनि थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा थप्न सफल भयो । यस जितले अब पुलिसलाई रेलिगेशनबाट बच्न मनोबल मिलेको छ । यही लयलाई कायम राख्ने सकेन पुलिस रेलिगेशनबाट बच्ने सम्भावना बढ्दै गएको छ ।

लिग अन्तर्गत शुक्रवारै ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलो हाफमा भएको नतिजा नै अन्तिम नतिजा बनेको हो । खेलमा मनाङले १४औं मिनेटमा अग्रता लिएको थियो । तर सम्हालिएको प्रदर्शन गर्न नसक्दा हिमालयन शेर्पाले अंक खोस्न सफल भएको हो ।

१४औं मिनेटमा मनाङका निरञ्जन धामीले गोल गर्दै अग्रता दिलाएका थिए । तर मनाङको अग्रता धेरै समय टिकेन । ३६औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अबायोनी फाकुन्लेले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । बाँकी समय दुवै टोलीबाट थप गोलका लागि प्रयास गरे पनि दुवै टोली सफल हुन सकेनन् र अंक बाँडे ।

यस बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले लिग तालिकामा समान २१ अंक बनाएका छन् । समान अंक भएपनि मनाङ साताँै स्थानमा अटाउँदा हिमालयन शेर्पा नवौं स्थानमा यथावत छ ।

लिग अन्तर्गत शनिवार पनि तीन खेल हुनेछ । दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र र थ्री स्टार क्लवबीच च्यासल मैदानमा प्रतिष्पर्धा हुँदा दिनको दोस्रो खेल दोस्रो स्थानको चर्च ब्वाईज युनाईटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच दशरथ रंगशालामा खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल दशरथ रंगशालामा साँझ अर्को विभागीय टोली एपिएफले सातदोबाटो युथ क्लवलाई आतिथ्यता गर्नेछ ।