१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका आधारमा पार्टीले आगामी जेठदेखि चैतसम्म वार्षिक कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

पार्टी सुदृढीकरण गर्नका लागि एमालेले गत फागुन ५ गतेदेखि दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । उनले अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तहबाट सुझाव दिई भोलि बिहान बस्ने पार्टीको स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजना तयार पार्ने बताए ।

“प्रदेश तहबाट प्राप्त सुझावलाई विश्लेषण गर्दै र केन्द्रीय नेतृत्वले सोचेका योजना समायोजना गर्दै स्थायी कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने छ”, उनले भने, “स्थायी कमिटीले तयार पारेको कार्ययोजनाको खाका भोलि नै बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि चैतसम्म एमालेले देशव्यापी सञ्चालन हुने गरी पारित गरिनेछ ।”

उनले जनताको पहिलो रोजाइबाट आगामी २०८४ सालको निर्वाचनमा पहिलो शक्ति बनाउने गरी कार्ययोजना बन्ने उहाँको भनाइ थियो । आजको केन्द्रीय कमिटी बैठकमा महासचिव शङ्कर पोखरेलले आगामी कार्ययोजनाका सम्बन्धमा मार्गदर्शन दिएका थिए ।

यस्तै, आजको केन्द्रीय कमिटी बैठकमा पाँच प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन गरेका छन् । नेता रिजालका अनुसार बागमती प्रदेशका तर्फबाट सचिव गोकर्णराज विष्ट, पेसागत विशेष समितिबाट स्थायी कमिटी सदस्य सुजिता शाक्य, सम्पर्क समन्वय समितिका तर्फबाट स्थायी कमिटी सदस्य लालबाबु पण्डित र गण्डकी प्रदेशका तर्फबाट सचिव पद्म आर्यालले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गरे ।

हिजो र आज प्रस्तुत गरिएको मिसन ग्रासरुट अभियानको समीक्षामाथि सातवटा प्रदेश सात टोली तथा पेसागत विशेष र सम्पर्क समितिको एक टोली गरी समहूूगत छलफलसमेत गरिएको केन्द्रीय सदस्यसमेत रहनुभएका रिजालले जानकारी दिए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।