१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका आधारमा पार्टीले आगामी जेठदेखि चैतसम्म वार्षिक कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

पार्टी सुदृढीकरण गर्नका लागि एमालेले गत फागुन ५ गतेदेखि दुई महिना मिसन ग्रासरुट अभियान सञ्चालन गरेको थियो । उनले अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तहबाट सुझाव दिई भोलि बिहान बस्ने पार्टीको स्थायी कमिटी बैठकले वार्षिक कार्ययोजना तयार पार्ने बताए ।

“प्रदेश तहबाट प्राप्त सुझावलाई विश्लेषण गर्दै र केन्द्रीय नेतृत्वले सोचेका योजना समायोजना गर्दै स्थायी कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने छ”, उनले भने, “स्थायी कमिटीले तयार पारेको कार्ययोजनाको खाका भोलि नै बस्ने केन्द्रीय कमिटी बैठकमा २०८० जेठदेखि चैतसम्म एमालेले देशव्यापी सञ्चालन हुने गरी पारित गरिनेछ ।”

उनले जनताको पहिलो रोजाइबाट आगामी २०८४ सालको निर्वाचनमा पहिलो शक्ति बनाउने गरी कार्ययोजना बन्ने उहाँको भनाइ थियो । आजको केन्द्रीय कमिटी बैठकमा महासचिव शङ्कर पोखरेलले आगामी कार्ययोजनाका सम्बन्धमा मार्गदर्शन दिएका थिए ।

यस्तै, आजको केन्द्रीय कमिटी बैठकमा पाँच प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन गरेका छन् । नेता रिजालका अनुसार बागमती प्रदेशका तर्फबाट सचिव गोकर्णराज विष्ट, पेसागत विशेष समितिबाट स्थायी कमिटी सदस्य सुजिता शाक्य, सम्पर्क समन्वय समितिका तर्फबाट स्थायी कमिटी सदस्य लालबाबु पण्डित र गण्डकी प्रदेशका तर्फबाट सचिव पद्म आर्यालले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गरे ।

हिजो र आज प्रस्तुत गरिएको मिसन ग्रासरुट अभियानको समीक्षामाथि सातवटा प्रदेश सात टोली तथा पेसागत विशेष र सम्पर्क समितिको एक टोली गरी समहूूगत छलफलसमेत गरिएको केन्द्रीय सदस्यसमेत रहनुभएका रिजालले जानकारी दिए । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।