• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

टोपबहादुर बिरामी भएको पत्र संसदमा लग्ने व्यक्ति पत्ता लगाउन सीसीटीभी हेर्दै सीआईबी



फाईल फोटो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरक ‘एंगल’बाट अनुसन्धान थालेको छ । सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको हो ।

वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।

उनै व्यक्ति को हुन् भन्नेबारे खोजी गर्न थालिएको हो । यसका लागि सीआईबीले सचिवालयको सीसिटिभी फुटेज लगेको छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज सीआईबीले लगेको छ ।

पक्राउ पूर्जी जारी भएपछि रायमाझी भैरहवाबाट सम्पर्कविहीन भएका थिए ।