१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर बिरामी भएको पत्र संसदमा लग्ने व्यक्ति पत्ता लगाउन सीसीटीभी हेर्दै सीआईबी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फरक ‘एंगल’बाट अनुसन्धान थालेको छ । सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको हो ।

वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।

उनै व्यक्ति को हुन् भन्नेबारे खोजी गर्न थालिएको हो । यसका लागि सीआईबीले सचिवालयको सीसिटिभी फुटेज लगेको छ ।

संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज सीआईबीले लगेको छ ।

पक्राउ पूर्जी जारी भएपछि रायमाझी भैरहवाबाट सम्पर्कविहीन भएका थिए ।