३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिट्टै बुबा बन्दै म्याक्सवेल



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर टिमको आईपीएलमा खराब प्रदर्शन हुन सक्छ, तर टोलीका लागि सबैभन्दा राम्रो कुरा कप्तान फाफ डुप्लेसिस र ग्लेन म्याक्सवेलको रन स्कोरिङ हो ।

यो वर्ष दुवैको ब्याट राम्रो चल्यो तर टोली प्लेअफ पुग्न अझै संघर्षरत छ । यसैबीच म्याक्सवेलका लागि खुसीको खबर आएको छ । उनी छिट्टै बुबा बन्न लागेका छन् ।

उनकी श्रीमती विनी रमनले सामाजिक सञ्जालमा यो खुसीको खबर दिएकी छन् । विनी भारतीय मूलकी हुन् । म्याक्सवेल अस्ट्रेलियाको बिग ब्यास लिगको समयमा उनीसँग प्रेममा परेका थिए ।

यस वर्ष सेप्टेम्बरमा दुवै पहिलो सन्तानको अभिभावक बन्न लागेको विनीले बताइन् । दुवैले गत मार्चमा विवाह गरेका थिए । विनी म्याक्सवेलसँग आईपीएलको मजा लिन भारत आएकी हुन् ।

विनीले सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्– ‘ग्लेन र म यो घोषणा गर्न पाउँदा धेरै खुसी छौं कि हाम्रो बच्चा सेप्टेम्बर २०२३ मा हुने छ । यो यात्रा हाम्रो लागि सजिलो छैन भन्ने कुरा स्वीकार गर्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ ।’

विनीको यो पोस्टमा धेरै स्टारहरुले कमेन्ट गरेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरमा म्याक्सवेलकी पार्टनर विराट कोहलीकी पत्नी तथा बलिउड अभिनेत्री अनुष्का शर्माले पनि हार्ट इमोजी कमेन्ट गरेकी छिन् । विनी यस सिजनमा धेरै खेलमा आरसीबीलाई सपोर्ट गर्दै आएकी छन् ।

विनी रमन मेलबर्नको एक औषधि कम्पनीमा काम गर्छिन् । उनको परिवार मूल रूपमा चेन्नईको हो । यही कारण दुवैले पहिले क्रिस्चियन र त्यसपछि हिन्दू रितीरिवाजमा विवाह गरेका थिए । म्याक्सवेल र विनी रमनको पहिलो भेट सन् २०१३ मा भएको थियो । म्याक्सवेल त्यतिबेला बिग ब्यास लिगमा मेलबर्न स्टार्सको एक हिस्सा थिए र त्यही टोलीको एक कार्यक्रममा विनी रमनलाई भेटे ।

दुबैले करिब पाँच वर्ष एक अर्कालाई डेट गरेका थिए । यसपछि २०१७ मा उनीहरुको अफेयरको खबर बाहिर आएको थियो । केही समयपछि म्याक्सवेल र विनीसँगै क्रिकेट अवार्ड समारोहमा पुगे । यसपछि यी दुवै रिलेशनशिपमा रहेको खबर बाहिर आएको थियो । म्याक्सवेल र विनीको इन्गेजमेन्ट भए र सम्बन्ध आधिकारिक रूपमा भयो । गत वर्ष चेन्नईमा दुवैले हिन्दू परम्परा अनुसार विवाह गरेका थिए ।