१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह

‘ए’ डिभिजन लिगः दुबै खेल बराबरीमा सकियो

‘ए’ डिभिजन लिगः दुबै खेल बराबरीमा सकियो
अ अ+ अ-

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आईतबार भएका खेलमा विभागीय टोली एपिएफ र संकटाले गोल रहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोल रहित बराबरी खेलेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोली तालिकामा सम्मान जनक स्थानको अपेक्षा सहित मैदान उत्रिएका थिए । तर पाएका केही राम्रा अवसरलाई दुबै टोलीले सदुपयोग गर्न नसक्दा अंक बाँड्न पुगे ।

एपिएफ भन्दा तालिकामा माथि रहेको संकटाले सुरुआतबाट आक्रामक खेल देखाउँदै तीन अंकका लागि प्रयास गरेको थियो । तर एपिएफका विदेश गोल किपर युया कुरियामाले उत्कृष्ट खेल खेलेपछि संकटाको प्रयास धेरै पटक विफल भएको थियो । सोही क्रममा ११ औं मिनेटमा संकटाका फोडे फोफानाको प्रहार युया कुरियामाले उत्कृष्ट बचाउ गर्दै सुरुआती संकट टारेका थिए । ३५ औं मिनेटमा एपीएफका कप्तान नविन लामाको कर्नरमा अर्मान्ड बिडोमको फ्रि हेडर पोस्ट माथिबाट बाहिरिँदा एपिएफले अग्रताको अवसर खेर फाल्न पुगेको थियो । 

त्यसपछिको पहिलो हाफको समयमा पनि प्रयास विफल हुँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा एपीएफका आवाश लामिछानेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार संकटाका गोलकिपर राजाबाबु थापाले आकर्षक शैलिमा बचाए । खेल सकिन १० मिनेट बाँकी रहँदा संकटाका फोफानाले गोलको सुनौलो अवसर गुमाए । लक्ष्मण रुचालको कर्नरमा अनमार्क रहेका उनको प्रहार सोझै गोलकिपरको हातमा पुगेको थियो । ८५ औं मिनेटमा एपीएफका नविन लामाको फ्रि–किक संकटाका गोलकिपरले सहजै नियन्त्रणमा लिए र बाँकी समयमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

बराबरीसँगै एपीएफले १० खेल ११ अंक जोडेको छ  ।  एपीएफ नवौं स्थानमा रहेको छ । यस्तै संकटा १० खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । खेलमा एपीएफका गोलकिपर कुरियामा चुनिए ।

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारकै अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)ले पनि गोल रहित बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्यभागमा रहेका दुबै टोलीले अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । पहिलो हाफमा हिमालयन शेर्पाले दबाब दिएर खेले पनि दोस्रो हाफमा भने रक्षात्मक खेल पस्किएको थियो । अघिल्ला खेलमा औसत प्रदर्शन गरेको एनआरटीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल थियो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेल खेलेको हिमालयन शेर्पाले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने चुकेको थियो । सोही कारण दुबै टोली एक÷एक अंक बाँड्दै यस सिजनको लिगको भेट टुङ्गाएका हुन् ।

बराबरी सँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । एनआरटी लिगको सातौं स्थान रहेको छ भने हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । 

यस सँगै सहिद स्मारक ए डिभिजन लिगमा १०औं चरणका खेल पनि सकिएका छन् । साविक विजेता मच्छिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा यथावत रहँेको छ । अब लिगमा मंगलबारबाट ११औं चरणका खेल आरम्भ हुनेछन् ।