१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारमा मनाङे आउट, जीतप्रकाशको इन्ट्री



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् ।

योसँगै नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बन्ने भएका हुन् । तनहुँ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् । रामचन्द्रकै जोडबलमा आले मन्त्री बन्ने पक्का भएको स्रोत बताउँछ ।

मन्त्रिपरिषद बिस्तार गर्ने क्रममा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा र माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त गरेर पाण्डेले आजै बेलुका सपथ लिने व्यवस्था मिलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पत्र पठाइसकेका छन् ।