१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटी बैठकमा समूहगत छलफल, साढे २ बजे पत्रकार सम्मेलन हुने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को केन्दिय कमिटी बैठकमा समूहगत छलफल सुरु भएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्दिय कमिटी बैठकमा बिहीबार (हिजो)अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन, विभिन्न आयोगका प्रतिवेदन र गैरभौगोलिकसहित नौं वटा प्रदेश कमिटीहरुका अध्यक्षहरुले प्रस्तुत गर्नु भएको मिसन ग्रासरुट अभियानसम्बन्धि प्रतिवेदनबारे ८ वटा समूह बनाएर छलफल सुरु गरिएको हो । बिहान ८ बजेबाट सुरु भएको छलफललगत्तै प्रदेश अध्यक्षहरुलाई सुझाव प्रस्तुतका लागि १० मिनेटको समय दिइएको छ ।

प्रदेश कमिटीका अध्यक्षहरुले दिएको सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले समूहगत छलफलबाट प्राप्त सुझावको आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ । यसैबीच, एमालेले आजै अपरान्ह साढे २ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

एमालेको जारी केन्द्रिय कमिटी बैठक शनिबार (भोली) समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । त्यसपछि अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन हुनेछ ।