२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले बुझाए पार्टी कार्यालयमा फरक मतसहितको अवधारणापत्र एनपिएलमा यस्तो छ खेलाडीहरुको प्रदर्शन सिंहदरबारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबिच छलफल शुरु– तस्बिरहरु सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी एमाले महाधिवेशनको तयारी तीव्र ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं– रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक जुट हुन आह्वान गरेका छन् ।

भ्रष्टाचार देशको साझा दुस्मन रहेको बताउदै कुनै पार्टीको झण्डा नबोकी शनिबार दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा उपस्थित हुन उनले आह्वान गरेका हुन् ।

उनले आफु दलको नेता नभई सचेत नागरिकको रुपमा उपस्थित हुने बताए । राम्रो काम गर्ने सबैलाई सघाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी हुनुपर्ने उनको भनाई छ ।

उनले फेसबुकमा आह्वान गर्दै लेखेका छन्, ‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यहि कार्यक्रममा सहभागी हुदैछु।राम्रो काम जसले गरेपनि सघाउनु पर्छ।देश भर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनु होला।भ्रष्टाचार विरुद्ध एक हौं। नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौं।