१६ भाद्र २०८३, मंगलवार
,
Latest
राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी: दोस्रो दिनको बैठक सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक सुरू भएको छ ।आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।

समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।




भर्खरै