१६ भाद्र २०८३, मंगलवार
,
Latest
राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक छ: डा राणा



अ+ अ-

बागमती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले विकासका आयोजनाहरुलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले महिला मैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृत रुपमा महिला सशक्तिकरणका कार्यक्रमहरु अघि बढाउन पनि सजिलो हुने धारणा राख्नुभयो ।

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र, मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा बिहीबार हेटौंडामा सञ्चालन गरेको ‘महिला सशक्तिकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा डा देउवाले सो धारणा राख्नुभएको हो ।

उहाँले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिनसक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताउनुभयो ।

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा अहिला सशक्तिकरणका क्षेत्रमा भए गरेका कार्यहरुको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यहरुमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने डा राणाले बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटका लागि बागमती सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व विभिन्न चरणमा सुझाव लिने क्रममा आयोजना गरिएको यस कार्यक्रममा महिलाको आर्थिक सशक्तिकरण, बजेटमा समेट्नुपर्ने विषय तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि महिला सशक्तिकरणमा आवश्यक पर्ने बजेटका विषयमा विविध सुझावहरु प्राप्त भएका थिए ।

सो कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, बागमती सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, बागमती प्रदेश सरकारका सचिवहरु, महिला सशक्तिकरण विषयमा काम गर्ने गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायतले आ–आफ्ना सुझाव पेश गर्नुभएको थियो । रासस




भर्खरै