११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
अ अ+ अ-

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।

पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो ।

गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४ः३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५ः४० बजे उहाँलाई उपस्थित गराइएको थियो ।

पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उनलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।

खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधान न्यायाधीशले यस्तो टिप्पणी गरेका हुन् ।

इजलासमा पाकिस्तानका प्रधान न्यायाधीशका अतिरिक्त न्यायाधीश मोहम्मद अली मजहर र अताल मिनाल्लाह पनि छन् । एआरवाई न्यूजका अनुसार राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी)ले खानको गिरफ्तारीलाई ‘वैध’ ठहर गर्ने इस्लामाबाद उच्च अदालत (आईएचसी) को निर्णयलाई चुनौती दिँदै पीटीआईले सर्वोच्च अदालतमा एक याचिका दायर गरेको थियो ।

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।