१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठकमा खाण निलम्बनबारे छलफल, निर्णय हुन सकेन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आज पनि नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ ।

यद्यपि, खाणको निलम्बनबारे छलफल भएपनि उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको जानकारी दिए ।

‘केही कुराहरु उठेका भएपनि निश्कर्षमा पुगेका छैनौं’, उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भने ।

खाण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि उनले बताए ।