२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनसके नेपाल आत्मनिर्भर बन्छः वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर उत्पादन वृद्धि नगरेसम्म नेपाल गरिब देशमै रहने बताउनु भयो । उहाँले नेपालको लागि कृषि सदाकालको अर्थतन्त्र भएको बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको जिम्मा दिइरहँदा कृषि फर्ममा आधारित हुनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिइ फर्ममा आधारित कृषि प्रणाली लागू गर्ने हो भने नेपाल एक वर्षमै कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भनेको कृषि हो तर यही क्षेत्रलाई सबैभन्दा बेवास्ता गरिएको छ । जब यो हाम्रो हो भने यसमै सबैभन्दा धेरै लगानी गरेर यसलाई उठाउनुपर्छ । अनिमात्रै हामी अघि बढ्न सक्छौँ, अहिले बेवास्ता गरेको बेलामा पनि ३० प्रतिशत बढी हिस्सा अर्थतन्त्रको यसले ओगटेको छ ।

हामीले महत्वपूर्ण मानेर लगानी बढाउने हो भने जति यहाँ उत्पादन गर्नसक्छौँ, त्यत्ति नै विदेश निर्यात गर्नसक्छौँ । त्यो वातावरण हामीसँग छ । हाम्रो देशको मुल अर्थतन्त्र कृषि हो, कृषि कमजोर भइरह्यो भने हामी सधैँ गरिब भइरहन्छौँ । कृषि हाम्रो सदाकालको अर्थतन्त्र हो, यसलाई हामीले विकास गर्न नसके हामी अघि बढ्न सक्दैनौँ । नयाँ व्यवस्था आएको छ, तीन सरकार छन्, स्थानीय सरकारलाई कृषिको सम्पूर्ण जिम्मा दिऔँ तर कृषि फर्ममा आधारित हुनुपर्छ । एकै वर्षमा हामीले आत्मनिर्भर बनाउन सक्छौँ नेपाललाई । कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसके आत्मनिर्भर बन्न समय लाग्दैन ।’

राष्ट्रिय सभा सदस्य गौतमले कृषिको वर्गीकरण गरेर उत्पादन गर्नसकने वर्ष दिनभित्रै नेपाल आत्मनिर्भर बन्ने बताउनु भयो ।