१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाभारतमा आधारित रहेर १० भागमा फिल्म बनाउन चाहन्छन् राजामौली



अ+ अ-

एजेन्सी । ब्लकबस्टर फिल्म बाहुबली फेम निर्देशक एसएस राजामौलीले एक कार्यक्रममा भनेका थिए, यदि उनले महाभारतमा फिल्म बनाए भने त्यो फिल्म कस्तो हुनेछ ?

आफ्नी बहिनीका श्रीमान् डा. एभी गुरुवा रेड्डीसँग कुरा गर्दै राजामौलीले भने कि यदि उनले महाभारतमा फिल्म बनाउने निर्णय गरे भने उनी सम्पूर्ण महाभारतलाई १० फरक भागमा फिल्म गर्न चाहन्छन् ।

उनले भने – हाम्रो देशमा महाभारतका विभिन्न संस्करणहरू छन् । ती सबै पढ्न मलाई कम्तिमा एक वर्ष लाग्नेछ । यदि मैले महाभारतमा फिल्म बनाए भने त्यो १० भागमा हुनेछ । मेरो मनमा महाभारतमा फिल्म बनाउने सोँच छ ।

पुरानो अन्तर्वार्तामा राजामौलीले महाकाव्यमा फिल्म बनाउने उनको ड्रीम प्रोजेक्ट भएको बताएका थिए । कार्यक्रममा राजामौलीले भने, ‘जब म फिल्म बनाउँछु, महाभारतमा फिल्म बनाउनका लागि यो सबै सिकिरहेको छु जस्तो लाग्छ । ठुलो केहि गर्नको लागी साना पाइलाहरुबाट सिक्नु धेरै महत्त्वपूर्ण छ । मेरो हरेक फिल्म महाभारतमा फिल्म बनाउनको लागि चालिएको कदम हो, सानो प्रयास ।’

यसअघि रामचरणसँगको कुराकानीमा राजामौलीले आफ्नो महाभारतको सामग्री र पात्रहरू आजको महाभारतको परिवेश र पात्रहरूलाई जसरी थाहा छ त्यसभन्दा पूर्णतया फरक हुने बताएका थिए । राजामौलीले भनेका थिए – ‘जसरी म महाभारतमा मेरा पात्रहरूलाई प्रस्तुत गर्नेछु, तपाईंले यस्तो पहिले कतै देख्नु वा सुन्नु भएको छैन ।’

‘महाभारतको सन्दर्भमा पनि मेरो मनमा यस्तै दृष्टिकोण छ । म तपाईलाई महाभारतको कथा आफ्नै तरिकाले सुनाउँछु । न कथा परिवर्तन हुनेछ, न पात्रहरू, तर यी पात्रहरूलाई कसरी प्रस्तुत गर्ने र उनीहरूबीचको सम्बन्ध–भावनालाई पर्दामा कसरी देखाउने भन्ने मलाई थाहा छ ।’ उनले भने ।

राजामौलीको फिल्म आरआरआर २०२२ मा रिलिज भएको थियो । यस फिल्मको नाटु–नाटु गीतले सन् २०२३ को उत्कृष्ट मौलिक गीतको विधामा ओस्कार अवार्ड पनि जितेको छ । अहिले राजामौली महेश बाबुसँग आफ्नो अर्को फिल्ममा काम गरिरहेका छन् ।

 




भर्खरै