११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ: अध्यक्ष ढकाल

अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सबै मिलेर समाधान गर्नुपर्छ: अध्यक्ष ढकाल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा देखिका समस्या र चुनौति सरकार,नियमनकारी निकाय र निजी क्षेत्रको कारण आएको भन्दै सबै एक आपसमा मिलेर समाधान गर्नुको विकल्प नभएको बताउनु भयो।

उहाँले पछिल्लो समय मुलुकमा हुने हरेक घटना बिग्रँदो अर्थतन्त्रसँग जोडिन थालेको बताउनु भयो । अध्यक्ष ढकालले आर्थिक संकुचन कोभिड–१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्ध र नियामक निकायले लिएको कसिलो नीतिको कारण आएको दाबी गर्नुभयो। उहाँले वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गर्नुभयो।

उहाँले अर्थतन्त्रको विषय उद्योगी व्यवसायीहरु सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको बताउनु भयो। उहाँले व्यवसायी लगायत अन्य कसैले पनि अर्थतन्त्रका विषयमा नकारात्मक सन्देश दिन नहुने बताउनु भयो। उहाँले पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनु भयो। उहाँले राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ महिनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय मुलुकको आर्थिक अवस्था जसरी संकुचन भएको छ । जुन कोभिड–१९को असरको प्रभावको कारण,रसिया र युक्रेन युद्व र नियामक निकायले लिएको कसिलो नीतिको कारण यस्तो अवस्था आएको छ । वर्तमान अर्थतन्त्रको समस्या र चुनौतिलाई सबै मिलेर असजिलो अवस्थाबाट बाहिर निस्कन आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ । सबैले सकारात्मक रुपमा सोच्नुपर्ने अवस्था आएको छ । अर्थतन्त्रमा संकुचनमा आएसँगै हेरक घटानालाई अर्थतन्त्रसँग जोडिएर हेर्न थालिएको छ । व्यवसायी लगायत अन्य कसैले पनि नकारात्मक सन्देश दिनुहुँदैन । सकारात्मक रुपमा आत्मबल बढ्ने गरी दिन आवश्यक छ ।

पछिल्लो समय अर्थतन्त्रका आर्थिक सूचकहरु सकारात्मक रहेका छन् । २५ प्रतिशत भन्दा बढीले रेमिट्यान्स बढेको छ । पर्यटक आगमनमा वृद्धि भएको छ । बैंकको सिडी रेसियो ८५ प्रतिशतको रेसियोमा आएको छ । बैंकको ब्याजदर क्रमश घटेको छ । राष्ट्र बैंकको निक्षेपको ब्याजदर घटेको ३ मिहनामा मात्रै ब्याजदर घट्ने नीतिलाई मंगलवारको निर्देशनले निक्षेपको ब्याजदर घटेपछि तत्काल कर्जाको ब्याजदर घटाउन पाउने व्यवस्थाले बैंकको ब्याजदर घट्ने छ । त्यसैले अहिलेको अर्थतन्त्रको समस्या र चुनौति आउनुमा सबै दोषी भएकाले सबै मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।’

त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउनको लागि सबै मिल्नुपर्ने बताउनु भयो। उहाँले सरकार,नियामक निकाय र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधारको काम गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारलाई चालु खर्च धान्न पनि मुकिल भइरहेको बताउनु भयो। उहाँले उद्योगी व्यवसायीहरुका उद्योग व्यवसायहरु समेत दरिलो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बीमा कम्पनीहरु मर्ज हुने तर मर्जपछि पनि नयाँ कम्पनीहरु आउने प्रचलन अन्त्य हुनुपर्ने बताउनु भयो।

उहाँले पछिल्लो समय कम्पनीहरुले आइपीओ खोल्ने होड चलेको बताउनु भयो। उहाँले आइपीओ खोल्ने होडलाई व्यवस्थित गर्नको लागि आइपीओ निकाल्ने कम्पनीको ५१ र ४९ प्रतिशत गरिनुपर्ने बताउनु भयो।