१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरबारे आशंका हुनसक्छ, तर अहिल्यै अपराधी करार गर्न सक्दैनौँ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीप्रति आशंका भए पनि अहिल्यै नै अपराधी भन्न नसक्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले रायमाझी संलग्न भएको भनेर अहिल्यै नै करार गर्न नसकिने बताउनुभयो । उहाँले उक्त प्रकरणमा पूर्वाग्रही ढंगले कसैलाई फसाउन खोजिएको आशंका गर्नुभयो । भ्रष्टाचारको प्रकरणमा छानबिनको क्रममा कसैलाई फसाउन बलजफ्ती मोड्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

“भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टीका साथीहरूको नाम आएको छ । हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “जबसम्म मान्छे दोषी ठहरिँदैन दोषी रहन्छ कि भन्ने आशंका गर्न सकिन्छ । तर, हामी अपराधी हो भनेर करार गर्न वा दोषी नै छ भनेर करार गर्न सक्दैनौँ । त्यसको अदालति प्रक्रिया बाँकी हुन्छ । त्यसमा हामीले ढुक्क धारणा बनाउन सक्दैनौं ।”




भर्खरै