२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरबारे आशंका हुनसक्छ, तर अहिल्यै अपराधी करार गर्न सक्दैनौँ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीप्रति आशंका भए पनि अहिल्यै नै अपराधी भन्न नसक्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले रायमाझी संलग्न भएको भनेर अहिल्यै नै करार गर्न नसकिने बताउनुभयो । उहाँले उक्त प्रकरणमा पूर्वाग्रही ढंगले कसैलाई फसाउन खोजिएको आशंका गर्नुभयो । भ्रष्टाचारको प्रकरणमा छानबिनको क्रममा कसैलाई फसाउन बलजफ्ती मोड्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

“भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टीका साथीहरूको नाम आएको छ । हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “जबसम्म मान्छे दोषी ठहरिँदैन दोषी रहन्छ कि भन्ने आशंका गर्न सकिन्छ । तर, हामी अपराधी हो भनेर करार गर्न वा दोषी नै छ भनेर करार गर्न सक्दैनौँ । त्यसको अदालति प्रक्रिया बाँकी हुन्छ । त्यसमा हामीले ढुक्क धारणा बनाउन सक्दैनौं ।”