२८ कार्तिक २०८१, बुधबार
,
Latest
रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने ! चिसो बढेपछि सुनसान ‘बुकीपाटन’ आज देशका अधिकांश भागमा मौसम सफा रहने राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा दक्षिणी चीनमा कार दुर्घटनामा ३५ जनाको मृत्यु, दर्जनौँ घाइते राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन : हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने… सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा १० वटा एजेन्डामा छलफल हुनेछ। वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।

त्यसैगरी बैठकमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ। सो प्रकरणमा शीर्ष नेताहरू नै मुछिएका छन्। सांसद समेत रहेका रायमाझीलाई बुधवार सचिव पदबाट भने निलम्बन गरेको थियो ।