१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पूर्वगृहमन्त्री समेत रहेका पार्टी नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी संलग्न भएको आरोपमा पक्राउ परेपछि सोही विषयमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा यस विषयमा सामान्य छलफल भएको थियो । हिजोको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग गरेका थिए । तर सो विषयमा तत्काल पार्टीले अनुसन्धानमा सहयोग गर्ने मात्रै समझदारी भए पनि निलम्बन गर्ने विषयमा निर्णय भएन ।

आजको बैठकमा खाणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुनसक्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि हिजो विहान खाणलाई प्रहरीले पक्राउ गरेको थियो । खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धानका लागि अदालतले अनुमति दिइसकेको छ । सो प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् । साथै नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।