२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ सांसदको मात्रै शतप्रतिशत हाजिर



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा जम्मा ११ जना सांसदले शतप्रतिशत हाजिरी जनाएका छन् । पाँच महिनामा भएका २८ बैठकमा सांसद मनोरमा शेरचन र टेकबहादुर गुरुङ भने एक दिन पनि उपस्थित भएनन् । शेरचन बिरामी तथा गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उपस्थित नभएका हुन् ।

शतप्रतिशत उपस्थित हुनेमा कान्ति सेजुवाल, दिलेन्द्रप्रसाद बडु, देवराज घिमिरे, रघुजी पन्त, रामहरि खतिवडा, रक्मणी राना बराइली, विना लामा, विनिताकुमारी सिंह, संगीता मण्डल, हितराज पाण्डे, ज्ञानु बस्नेत हुनुहुन्छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल १० पटक, नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा १२ पटक र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १४ पटक हाजिर हुनुभएको छ । साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल २३ पटक हाजिर हुनुभएको छ ।