१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ ।

झापामा बोलाइएको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने भएको हो । बैठक वैशाख २८, २९ र ३० गते झापाको दमकमा हुने तय भएको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता विष्णु रिजालले जानकारी दिए ।

मंगलबार बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।