१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
Latest
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न मन्त्रिपरिषद्का निर्णयः प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’ रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहिन प्रधानमन्त्री ओली थाइल्यान्डमा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण अब सहरी विकास मन्त्रालयबाट एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’ कुलमान र हितेन्द्र दुवैको रिट हेर्दाहेर्दैमा नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उनी कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित भएका हुन् । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन भएका छन् । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी थिए ।

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।

“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उनले भने, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।” त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य छन् । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का दश, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्।