• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

काठमाडौं अवतरण हुन नसकेपछि बनारस फर्कियो एयर इन्डिया



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डियाको विमान बनारसतर्फ डाइभर्ट भएको छ।

बुधबार दिउँसो एयर इन्डियाको एआई २१५ विमान त्रिभुवन विमानस्थलमा अवतरण हुननसक्दा बनारस फर्केको हो ।

टेल वीन्ड (पछाडीबाट लागेको हावा)को कारणले अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

एयर इन्डियासँगै थप पाँच विमान पनि टेल वीन्डको कारण अवतरणमा समस्या भएको उनले बताए। ‘विमान ल्याण्ड गर्न एकातिरको मात्र रनवे प्रयोग हुन्छ। दक्षिणतर्फ हावा बढिरहेकोले ठूला जहाज ल्याण्ड हुन समस्या भएको हो’, सिटौलाले भने ।