११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

घर जलेपछि पीडितलाई बासको समस्या

घर जलेपछि पीडितलाई बासको समस्या
अ अ+ अ-

रामपुर । आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उहाँलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ ।

आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उहाँ तड्पिरहनुभएको छ । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उहाँको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उहाँलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ ।

“कति दु:खले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु”, उहाँले भन्नुभयो, “घर डढेको चोटले मन भतभती पोलिएको छ ।”

मङ्गलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ ९दाउरा राख्ने० मा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते हुनभयो । गोठ हुँदै घरमा आगो सल्केपछि उहाँकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उहाँ आफैँ आगोले घाइते हुनुभएको छ ।

लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ । घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा नि:शुल्क उपचार गरिएको छ । आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोख्नुभयो । “घरदेखि पारि जङ्गलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखँे, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दा–देख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन”, उहाँले दुखेसो पोख्नुभयो ।

परिवारका सदस्य जङ्गलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन । घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठीघरे, भिमीसरा साठीघरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ । मङ्गलवार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।

मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे र भिमिसरा साठीघरेको तीनतले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर (खरले छाएको दुईतले) पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन् । घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिनुभयो । चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गएराति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो । जङ्गलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

दु:खले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुराम बताउनुहुन्छ । उहाँको हाल चारजनाको परिवार बसोबास गरिरहेको तीनतले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ । उहाँ भन्नुहुन्छ, “छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो रु हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुपर्‍यो ।”

क्षतिको विस्तृत विवरण सङ्कलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जङ्गलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ”, नगर प्रमुख थापाले भन्नुभयो ।

जङ्गलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन । सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ । खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी प्रयाप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन् । अग्नी पिडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ । रासस