२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड, देउवा र ओलीबीचको भेटमा गृहमन्त्री पनि मिसिए



file
अ+ अ-

काठमाडौँ । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेट जारी छ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएर केहीलाई नियन्त्रणमा लिइसकेको परिप्रेक्षमा तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा चासोका रूपमा हेरिएको छ ।

आजै मात्रै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।