• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पूर्वगृहमन्त्री खाणलाई जिल्ला अदालत लगियो



file photo

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँमा लगिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन अदालत लगेको हो ।

बुधबार बिहान निवासबाटै पक्राउ परेका खाणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौँ लगिएको हो । आजै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।