१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुरले संसद्लाई पत्र पठाएर भने – ‘बिरामी भएर अस्पतालमा छु’



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई आफू बिरामी परेको पत्र पठाएका छन् ।

रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको स्रोतले बतायो । पत्रमा रायमाझीका स्वकीय सचिवको हस्ताक्षर रहेको छ । पत्रमा रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको बताइएको छ ।

यसैबीच एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको बताएका छन् ।

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी हालसम्म सम्पर्कमा आएका छैनन् ।