• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै ★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध ★   गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती

टोपबहादुरले संसद्लाई पत्र पठाएर भने – ‘बिरामी भएर अस्पतालमा छु’



फाईल फोटो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई आफू बिरामी परेको पत्र पठाएका छन् ।

रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको स्रोतले बतायो । पत्रमा रायमाझीका स्वकीय सचिवको हस्ताक्षर रहेको छ । पत्रमा रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएको बताइएको छ ।

यसैबीच एमालेले रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ । महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको बताएका छन् ।

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी हालसम्म सम्पर्कमा आएका छैनन् ।