४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.07

Wind: 1.03

Humidity: 58

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमान्दार कम्युनिष्टहरुको आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले परिस्थिति नयाँ बनेको छ । हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ । सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताउनु भयो ।