• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?

काठमाडौँका चोक–चोकमा भेटिन थाले ‘हल्कारा’ (भिडियोसहित)



काठमाडौँ । यतिबेला उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य–मुख्य चोकहरुमा हल्काराको पोषाक लगाएका केही व्यत्तिहरु झ्यालि पिटिरहेका हुन्छन् ।

एक अधवैश्य हल्कारा झ्यालि पिट्दै भनि रहेका हुन्छन् तिमीहरूलाई थाहा छ हल्काराको मुल्य मान्यता र कर्तव्य के हो ? अनि परेठमा बसिरहेका हल्काराहरुले चर्को स्वरमा भन्छन् थाहा छ ! हाम्रो काम भनेको चिठी एक ठाउँबाट अर्को ठाउमा लाने हो सर । अनि ति जवान थप्छन् – त्यतिमात्र होइन हाम्रा धेरै जिम्मेवारी छन् ति दुरदराजमा रहेका खुम्चियर बसेका भावना इच्छा–चाहानालाई ठेगानासम्म पुर्याउने हाम्रो कर्तव्य हो ।

विस्तारै चिट्ठीको हुलाकको हुलाकीको कामलाइ छिनभरमा प्रतिस्थापन गरेको इन्टरनेट मोबाइल फोनको दुनियाँमा आइरहँदा कतिपयलाई त हल्काराको अर्थ पनि थाहा नहुन सक्छ । जब आजको जस्तो इन्टरनेटको आविष्कार थिएन त्यसवखत एक ठाउँबाट अर्को ठाउँसम्म खबर पुर्याउने चिट्ठी र हुलाकको प्रयोग गरिन्थ्यो त्यही पेसा अँगालेका व्यत्तिलाई हल्कारा भनिन्छ । जसले चिट्ठी पुर्याउछ पढेर पनि सुनाउँछ उ हल्कारा हो ।

यही विषय वस्तुमा रहेर बनेको नेपाली चलचित्र ‘हल्कारा’को प्रचार–प्रसार फरक शैलीमा भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा विभिन्न वार्ड जितेको नेपाली चलचित्र हल्कारा नेपाली दर्शकले भने वैशाख २९ गतेदेखि हेर्न पाउने भएका छन् ।

सोहि चलचित्रको जानकारी दिन सडक नाटक प्रहसनहरु व्यापक रुपमा प्रस्तुत भईरहेका छन् । हल्कारा चलचित्रको प्रचारप्रसारमा हल्काराकै भेषमा यतिबेला चलचित्र हल्कारा युनिटले प्रचार–प्रसार व्यापक पारिरहेको छ । हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विक्रम सापकोटाको निर्देशन रहेको छ । महेशका अलवा विनिता थापामगर, पशुपति राई, स्वर्गीय दिपक क्षेत्री, प्रकाश दाहाल लगाएतको अभिनय रहेको छ ।

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।