३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

एसिया कप यूएईमा सार्न पाकिस्तान तयार !

एसिया कप यूएईमा सार्न पाकिस्तान तयार !
अ+ अ-

एजेन्सी । पाकिस्तानले एसिया कपका लागि एसियन क्रिकेट काउन्सिल (एसीसी)लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का प्रमुख नजम अजिज सेठीले यदि एसीसी सदस्यहरू भारतका खेलहरू अन्य देशहरूमा आयोजना गर्न तयार नरहेको खण्डमा पाकिस्तानले यूएईमा प्रतियोगिता आयोजना गर्न सक्ने बताएका छन् ।

नजम सेठीले मे ८ मा दुबईमा एसीसी सदस्यहरूसँग भेट गरे । यहाँ उनको हाइब्रिड मोडल प्रतियोगिताको प्रस्ताव अस्वीकार गरी एसिया कप पाकिस्तानमा आयोजना नगर्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । श्रीलंकालाई प्रतियोगिताको आयोजकत्व हस्तान्तरण गर्न सकिने बताइयपनि एसीसी प्रमुख जय शाहको आधिकारिक निर्णय भने आउन बाँकी छ ।

पीसीबी स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ कि सेठीले अर्को दिन अर्थात मे ९ मा पनि सदस्यहरूलाई भेटेका थिए । नयाँ प्रस्ताव हस्तान्तरण गर्दै नयाँ प्रस्तावलाई स्वीकार नगरे पाकिस्तान प्रतियोगिताबाट बाहिरिने संकेत पनि दिएको छ । सेप्टेम्बर २ देखि १७ सम्म हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले खेल्नेछन् ।

आईसीसीले सन् २०२३ मा हुने एसिया कपको आयोजना पाकिस्तानलाई दिएको छ । बीसीसीआईले क्यालेन्डर सार्वजनिक हुनेबित्तिकै भारतीय टोली पाकिस्तान खेल्न नजाने स्पष्ट पारेको थियो । दुई देशबीचको मतभेदका कारण बीसीसीआईले एसिया कप तटस्थ स्थानमा आयोजना गर्न आग्रह गरेको थियो । पाकिस्तान क्रिकेट बोर्ड सहमत भएन, किनकि उसले एसिया कपबाट नै आफ्नो बिग्रिँदै गएको आर्थिक अवस्था सुधार्ने आशा राखेको छ ।

८ मे मा एसीसीका सदस्यहरू दुबईमा भेला भए । यहाँ पीसीबी प्रमुख नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल प्रस्ताव राखेका छन् । सोही अनुसार भारतको खेल युएईमा र पाकिस्तानको खेल पाकिस्तानमा मात्र गराउने प्रस्ताव गरिएको थियो ।

एसीसीले हाइब्रिड मोडलको प्रस्ताव कहिल्यै पनि यस मोडलको पक्षमा नरहेको भन्दै अस्वीकार गरेको थियो । बजेट र टोलीले सामना गर्ने समस्याका कारण एसीसीले यो मोडललाई स्वीकार गर्दैन । स्रोतका अनुसार एसीसीले पाकिस्तान र भारत एउटै समूहमा परेमा यो समूहको तेस्रो टोलीले पाकिस्तान र युएईबीच पनि यात्रा गर्नुपर्नेछ । प्रसारणकर्ताहरू पनि दुई देशहरूमा छुट्टै युनिटहरू पठाउन चाहँदैनन् ।

स्रोतका अनुसार श्रीलंकाले बीसीसीआईलाई साथ दिएर आयोजकको प्रस्ताव गरेकोमा पीसीबी प्रमुख सेठी छक्क परेका छन् । फेब्रुअरीमा भएको एसीसीको पछिल्लो बैठकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानले श्रीलंकामा आयोजना गर्ने प्रस्ताव अस्वीकार गरेका थिए । पछिल्लो बैठकमा आयोजकका रुपमा पाकिस्तानलाई निरन्तरता दिने सहमति भएको थियो ।

पीसीबी स्रोतका अनुसार सेठीले एसीसीको अगाडि बीसीसीआईको समस्याबारे पनि कुरा गरेका थिए । बीसीसीआईले सेप्टेम्बरमा युएईको मौसम खेलकुदका हिसाबले निकै तातो हुने बताएको थियो । नजम सेठी २०२० मा बीसीसीआईले सेप्टेम्बरदेखि नोभेम्बरसम्म मात्र यूएईमा आईपीएल खेलहरू आयोजना गरेको स्मरण गराउँछन् ।

एसीसी स्रोतका अनुसार सदस्य राष्ट्रहरू एसिया कप श्रीलंकामा आयोजना गर्ने पक्षमा छन् । यसबारे एसीसीको आधिकारिक धारणा आउन बाँकी छ । पीसीबी स्रोतका अनुसार नजम सेठीले एसीसी बैठकमा जानुअघि नै बोर्डका सदस्यहरूसँग कुरा गरेका थिए । उनले एसिया कप पाकिस्तानमा नहुने हो भने पीसीबीले त्यस अवधिमा ३–४ देशको प्रतियोगिता आयोजना गर्ने तयारी थाल्नुपर्ने बताएका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले पनि विश्वकप नखेल्ने धम्की दिएको छ । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबरमा भारतमा हुने भएको छ । पीसीबीले एसिया कप खेल्न नआए भारतमा पनि खेल्न नजाने धम्की दिएको छ । साथै, पाकिस्तानले आईसीसीलाई विश्वकपमा आफ्ना खेलहरू भारतबाट बाहिर सार्न अनुरोध पनि गरेको छ ।