१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त: विनोद चौधरी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताउनु भयो । उहाँले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनु भयो । उहाँले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताउनु भयो । उहाँले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा भ्रष्टाचार व्याप्त छ, आम मानिसहरु यसबाट साह्रै पीडित छन्, भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको लागि महत्वपूर्ण छ । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको छ, विकासका कामहरु रोकिएका छन्, भ्रष्टाचारको आडमा कुरा नमिल्दा अड्किएका छन्, सबैलाई एकै घानमा हाल्नु हुँदैन, यो सबै प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ, कुनै कम्परमाइज गर्नु हुँदैन ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपुर्‍याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने बताउनु भयो । उहाँले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताउनु भयो ।

सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको बिरुद्धमा सधैँ आवाज उठाइरहने बताउनु भयो ।