२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: अख्तियारलाई बुझाउने गल्ती नहोस्– लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा विशेष समयमा उहाँले यो राज्य विरुद्धकै अपराध भएको उल्लेख गर्दै यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताउनुभयो ।

“यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न”, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै अध्यक्ष लिङ्देनले यस्ता गल्ती नगर्न आग्रह गर्नुभयो ।

प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “शीर्ष नेताहरु, सरकारको गलत मनसाय छैन भन्ने प्रष्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसद्लाई जनकारी गराउनुपर्यो भनेर माग राख्न चाहन्छौँ ।”