२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ: एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ



file photo
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरु पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताउनु भयो । उहाँले नेपालमा लगामीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्नेकुरा अब हुँदैनन् । त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौं । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ । विदेशी सहयोग पनि निश्चित क्षेत्रमा जहाँ धेरै ठूलो माग छ, आयोजना कार्यान्वयनहरु जहाँ माग छ, उनीहरुको निश्चित क्षेत्रमा उनीहरुले खर्च गर्नेछन् ।’

‘ति सीमाहरुका कारण हाम्रो राजश्व फराकिलो बनाउनुपर्ने आवश्यक्ता छ । फराकिलो भनेको कागती निचारेझैँ निचोरेर त हुँदैन, त्यसकारण अर्थतन्त्रलाई नै चलायमान बनाउनु पर्छ । त्यसको आधारलाई फराकिलो बनाउनुपर्छ । फराकिलो बनाउन लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानी गर्नुहोस्, नियम छ, कानून छ, नियम, कानून पालना गरेर तपाईले उत्पादन, उद्योग व्यवसाय बढाउनु भयो की भएन भन्नेकुरा हामी हेर्नेछौँ ।’

अर्थमन्त्री महतले आफ्नो पूरा कोशिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरु खोल्नु रहेको बताउनु भयो । उहाँले संसदमा अहिले अर्थतन्त्रको पूरा सल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अफ्ठ्यारो हुने बताउनु भयो । संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राख्नुभएको थियो । सोही विषयको जवाफमा अर्थमन्त्री महतले अर्थतन्त्रको शल्यक्रिया एकैपटक गर्दा अर्थतन्त्रको समस्या समाधान गर्न नसकिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मेरो सम्पूर्ण कोशिस जहाँ अफ्ठ्यारा छन् ती अफ्ठ्याराहरुलाई खोल्ने नै हो । तर आज नै संसदमा पनि सर्जरी नै गर्नुपर्छ भन्ने आवाज उठ्यो, धेरै ठाउँमा समस्या देखिएपछि सबै ठाउँमा एकैपटक सर्जरी गर्न खोज्यो भने पनि समस्या आउँछ । शुरुवात गरौँ तर समस्यालाई निराकरण गर्दै जाउँ, रोड म्याप बनाएर अघि बढौँ ।’

अर्थमन्त्री महतले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै अर्थतन्त्रको रोड म्याप बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भयो ।