• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण भूटानी शरणार्थी प्रकरणमा  पक्राउ परेपछि सरकारलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् ।

उनले यो शिलशिला कुनैपनि हालतमा रोकिन नहुने उल्लेख गर्दै लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस्’।

भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन्। यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ