• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’

मुगु हिमपहिरो अपडेट: १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या



फाईल फोटो

मुगु । अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।

यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की ९४००, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो । सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन् ।

आज पुन: उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । “डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ”, उहाँले भन्नुभयो । रासस