२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायमाझीलाई कारबाही नहुने



फाईल फोटो
अ+ अ-

 

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ ।

राजधानी दैनिकमा आज प्रकाशित समाचारमा पार्टीद्वारा हुने आन्तरिक कारबाहीका विषयमा पार्टी मौन रहेको छ । पूर्वयउपप्रधानमन्त्री समेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी अहिले फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले अनुसन्धानमा सघाउने निर्णय गर्दै तत्कालका लागि पर्ख र हेरको रणनीतिअनुसार पार्टीबाट हुने आन्तरिक कारबाही नगरेको हो ।

भोलि २८ वैशाखदेखि काठमाडौँमा सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकमा एजेन्डामा छलफल गर्न मंगलबार पार्टी केन्द्रित कार्यालय च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिका कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिई उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।