२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेसी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार फुटबर लियोनल मेसी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लब ‘अल हिलाल’सँग उनले मौखिक सहमति गरिसकेका छन् ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका ३५ वर्षीय मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता सकाएर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड खर्चिन लागेको डेलिमेलले जनाएको छ । यद्यपि, मेसीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेसीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो रकमहो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लब अल–नासरले वार्षिक २१ करोड ५० लाख डलरमा क्लबमा भित्र्याएको थियो । मेसीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै धेरै र । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लबका रुपमा परिचित छन् ।

तसर्थ मेसीको साउदी यात्राले फुटबल मैदानमा दुई हस्तिहरुको प्रतिस्पर्धात्मक भिडन्त फेरि देख्न पाइनेछ । यसअघि दुई लिजेण्ड खेलाडीको भिडन्तलाई स्पेनिस जाइन्ट्स बार्सिलोना र रियल मड्रिडमार्फत देखिएको थियो ।

पीएसजीसँग मेसीको सम्झौता यही समरको ३० जुनसम्म छ ।