११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु

सामाजिक सञ्जालमा भाइरल हुँदै – ‘हल्कारा’ म हेर्न जाँदै छु तपाईं नि ?’

सामाजिक सञ्जालमा भाइरल हुँदै –  ‘हल्कारा’ म हेर्न जाँदै छु तपाईं नि ?’
अ अ+ अ-

काठमाडौँ । यहि वैशाख २९ गते अर्थात् आउँदो शुक्रबारदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘हल्कारा’को – म हेर्न जाँदै छु तपाई नि ?’ क्याम्पेनले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा उत्कृष्ट सावित भएको यस चलचित्रलाइ नेपाली सिने जगतमा वहुप्रतिक्षित सिनेमाको रुपमा मानिएको छ ।

प्रदर्शन अगावै प्रतिष्ठत चलचित्र महत्सवहरुमा प्रशंसा र अवार्डहरु जितेको यो चलचित्र हेर्न करिब ३ दिन मात्रै बाँकी रहँदा स्वतस्फुर्त रुपमा समाजिक सञ्जालमा पोष्टहरु देखिन थालेका छन् ।

पोखराका पत्रकार स्याम रानाले एउटा पोस्टर डिजाइन गरेर सुरु गरेको क्याम्पेनमा यतिबेला धेरै नै जोडिईसकेका छन् । पोखरा–काठमाडौं लगाएत ठाउँहरुका पत्रकार, लेखक, शिक्षक, इन्जिनियर तथा विभिन्न पेसाकर्मीहरुले आफ्नो पोष्टहरु सेयर गरिरहेका छन् ।

यद्यपि, चलचित्र कस्तो छ र कस्तो व्यपार गर्ला भन्ने हेर्न बाँकी नै छ। त्यसका लागि दर्शकले अब तिन दिन पर्खनु पर्नेछ । चलचित्रमा एक हुलाकीका माध्यमबाट देशको अर्थ राजनीतिलाई फरक तरिकाले भनिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा हुलाकी को भुमिकामा चपलिहाइट–३ र प्रसाद–२ का अभिनेता महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ । अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनीसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको त्रिपाठी बताउँछन् । ‘हल्कारा’लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ ।

चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गरेकी छन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गरेकी थिइन् ।

चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गरेका छन् । यसको लेखक निर्देशक विक्रम सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।