२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोफ्रा आर्चर आईपीएलबाट बाहिर, उनको स्थानमा कसलाई भित्र्याउँदै छ मुम्बई ?



अ+ अ-

एजेन्सी । मुम्बई इन्डियन्सका फास्ट बलर जोफ्रा आर्चर आईपीएलका बाँकी खेलबाट बाहिरिएका छन् । मुम्बई इन्डियन्सले इङ्ल्यान्ड क्रिकेट टोलीका डेथ ओभर स्पेसियलिस्ट क्रिस जोर्डनलाई उनको स्थानमा अनुबन्ध गरेको छ । जोफ्रा आफ्नो देश इंग्ल्याण्ड जानेछन् ।

यस सिजनमा मुम्बईका १० खेलमध्ये उनले ५ खेल मात्र खेले । सन् २०२२ मा भएको मेगा अक्सनमा उनलाई मुम्बई इन्डियन्सले ८ करोडमा किनेको थियो । जोफ्राले २०२२ मा एक खेल पनि खेल्न सकेनन् ।

आईपीएलको कुरा गर्ने हो भने यस प्रतियोगिताबाट अहिलेसम्म १७ खेलाडी बाहिरिएका छन् । जसमा मुम्बई इन्डियन्सका जसप्रित बुमराह, गुजरात टाइटन्सका केन विलियम्सन र कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर, लखनऊ जाइन्ट्सका कप्तान केएल राहुल जस्ता ठूला नामहरू छन् ।

क्रिस जोर्डन आइपीएलको १६ औं सिजनको मिनी लिलामीमा अनसोल्ड रहेका थिए । उनलाई आर्चरको स्थानमा मुम्बई इन्डियन्सले २ करोडमा समावेश गरेको छ । जोर्डनले २०१६ मा आईपीएल डेब्यू गरेका थिए । उनले २८ आईपीएल खेलमा २७ विकेट लिएका छन् । फास्ट बलर जोर्डनले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै ८७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९६ विकेट लिएका छन् ।