१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद स्वीकार्य छैन – विश्वप्रकाश शर्मा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको र अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव राखिएको छ भन्दै यस्तो विरोधाभाषपूर्ण अवस्था हुनुहुँदैन भन्नुभयो ।

नीतिगत सुधार गर्न सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि हदम्याद राख्न नहुने उहाँको भनाइ थियो ।

“त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु । कुनै किन्तु–परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जान कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले अहिले उठेको भुटानी शरणार्थी प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउनुपर्ने उल्लेख गर्दै भुटानी शरणार्थीको सन्दर्भमा सरकारले फाइल मात्र खोलेको तर अब फायर खोल्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचार प्रकरणमा मुछिएका दोषीमाथि कारबाही हुनैपर्नेमा महामन्त्री शर्माले जोड दिनुभयो ।

उहाँले मुलुकलाई स्थिरतातर्फ लाने भन्दै गर्दा एउटै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म निरन्तरता दिन्छौँ भन्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्षी दलका सबैले यो संसद्लाई पाँच वर्ष कायम गरेर जानेमा प्रतिबद्धता व्यक्त गरौँ ।”




भर्खरै