१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद स्वीकार्य छैन – विश्वप्रकाश शर्मा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाँले अर्थमन्त्रीले एकातिर शून्य सहनशीलताको नीति लेख्नुभएको र अर्कोतर्फ सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधनमा भने भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव राखिएको छ भन्दै यस्तो विरोधाभाषपूर्ण अवस्था हुनुहुँदैन भन्नुभयो ।

नीतिगत सुधार गर्न सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि हदम्याद राख्न नहुने उहाँको भनाइ थियो ।

“त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु । कुनै किन्तु–परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जान कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले अहिले उठेको भुटानी शरणार्थी प्रकरणलाई पनि निष्कर्षमा पुर्‍याउनुपर्ने उल्लेख गर्दै भुटानी शरणार्थीको सन्दर्भमा सरकारले फाइल मात्र खोलेको तर अब फायर खोल्नुपर्ने बताउनुभयो ।

भ्रष्टाचार प्रकरणमा मुछिएका दोषीमाथि कारबाही हुनैपर्नेमा महामन्त्री शर्माले जोड दिनुभयो ।

उहाँले मुलुकलाई स्थिरतातर्फ लाने भन्दै गर्दा एउटै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म निरन्तरता दिन्छौँ भन्न नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “सत्तापक्ष र प्रतिपक्षी दलका सबैले यो संसद्लाई पाँच वर्ष कायम गरेर जानेमा प्रतिबद्धता व्यक्त गरौँ ।”