• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एमाले बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर ‘कनेक्सन’ बारे छलफल हुने



file

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक यही वैशाख २८ गतेबाट सुरु हुँदैछ । बैठकमा विशेषगरी समसामयिक राजनीति र विकसित घटनाक्रमका बारेमा छलफल हुने र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव रायमाझीका बारेमा पनि छलफल हुने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता रायमाझी समेत संलग्न भएको प्रहरीको निष्कर्षपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

तर उहाँ अहिले फरार हुनुहुन्छ । पक्राउ पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै पार्टीको चर्को आलोचना भइरहेको छ ।

एमालेकै कतिपय नेताले समेत रायमाझीले अदालतमा उपस्थित भएर अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।