• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द ★   कार्यदल बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ: महेश बर्तौला ★   सिरोहियालाई साधारण तारेखमा छोड्न माग गर्दै जनकपुरका मेयर धर्नामा ★   कार्यदल बैठकमा आज पनि जुटेन सहमति ★   टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो ★   नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ: प्रधानमन्त्री ★   संसद् भवनमा विपक्षी दलको बैठक सुरु

प्रिमियर लिगः वल्भ्ससँग टोटेनहम पराजित, लेस्टर र वेस्टहामले अंक बाँडे



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा टोटेनहम वल्भ्ससँग आफ्नै मैदानमा २-० गोलले पराजित भएको हो । 

खेलको छैटौँ मिनेटमा नै राउल जिमनेजले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल हुन सकेन र खेल वल्भ्सको पक्षमा गयो । 

जितसँगै २३ खेलबाट ३७ अंक जोड्दै वल्भ्स तालिकाको सातौं स्थानमा रहेको छ भने एक खेल कम खेलेको टोटेनहम ३६ अंकसहित आठौं स्थानमा छ । 

यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी र वेस्टहाम युनाइटेडले बराबरी खेलेका छन् । दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको मैदानमा भएको खेलको १० औं मिनेटमा वेस्टहामले जारोर्ड बोएनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । यता, ४५ औं मिनेटमा लेस्टरले पेनाल्टी पायो । योरी टिलेमान्सले सो अवसर खेर जान दिएनन् र खेललाई १-१ को बराबरीमा ल्याए ।

५७ औं मिनेटमा रिकार्डो पेरेइराले गोल गर्दै लेस्टरको अग्रता २-१ बनाए । तर, ९०ं+१ मिनेटमा डासनले गोल गर्दै वेस्टहामलाई हारबाट जोगाए । 

बराबरीसँगै २५ खेलबाट ४१ अंकसहित वेस्टहाम तालिकाको चौंथो स्थानमा रहँदा २२ खेलमा २७ अंकसहित लेस्टर ११ औं स्थानमा छ ।