३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: कोलकाता र पञ्जाब सुरक्षित रहन प्रतिष्पर्धा गर्दै



Punjab Kings players after the match 31 of the Tata Indian Premier League between the Mumbai Indians and the Punjab Kings held at the Wankhede Stadium, Mumbai on the 22nd April 2023 Photo by: Vipin Pawar / SPORTZPICS for IPL
अ+ अ-

इन्डियन प्रिमियर लिग २०२३ को ५३ औँ खेलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स प्रतिष्पर्धा गर्दैछन् । कोलकाताको प्रतिष्ठित इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाताले आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेको थियो । १० खेलमा चार जित र ६ मा हारसहित कोलकाता अंक तालिकाको आठौं स्थानमा छ ।

यता, पञ्जाब किंग्स आफ्नो अघिल्लो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो । टोली १० खेलबाट पाँच जित रपाँचमा हारसहित पञ्जाब अंक तालिकाको सातौं स्थानमा छ । दुवै टोलीले लिग चरणमा चार खेल खेल्न बाँकी छ र प्रतियोगिताको प्लेअफमा पुग्न सकेसम्म धेरै जित्ने लक्ष्य राख्नेछ।

आईपीएलमा कोलकाता र पञ्जाबले अहिलेसम्म ३१ पटक आमनेसामने गरेका छन् । जसमा कोलकाताले २० खेलमा जित हासिल गरेको छ भने पञ्जाबले ११ मात्र जितेको छ। यो सिजनको पहिलो खेलसहित कोलकातासँगको पछिल्लो पाँच भिडन्तमध्ये पञ्जाबले तीन जितेको छ। सिजनको पहिलो खेलमा पञ्जाबले पाँच विकेटको क्षतिमा १९१ रन बनाएको थियो र डिएलएस विधि मार्फत ७ रनले कोलकाता पराजित भएको थियो ।

कोलकाताको सम्भावित प्लेइङ ११

आरके सिंह, जेजे रोय, एन राणा (कप्तान), एडी रसेल, एसपी नरिन, वीआर अय्यर, रहमानउल्लाह गुरबाज (विकेटकीपर), शार्दुल ठाकुर, वरुण चक्रवर्ती, वैभव अरोरा, एच राणा ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ ११

शिखर धवन (कप्तान) , शाहरुख खान, एसएम कुरान, आर धवन, एमडब्ल्यू शर्ट, एलएस लिभिङस्टोन, पी सिमरन सिंह, जेएम शर्मा (विकेटकीपर), आरडी चाहर, हरप्रीत ब्रार, अर्शदीप सिंह ।