• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

आइपीएल: कोलकाता र पञ्जाब सुरक्षित रहन प्रतिष्पर्धा गर्दै



Punjab Kings players after the match 31 of the Tata Indian Premier League between the Mumbai Indians and the Punjab Kings held at the Wankhede Stadium, Mumbai on the 22nd April 2023 Photo by: Vipin Pawar / SPORTZPICS for IPL

इन्डियन प्रिमियर लिग २०२३ को ५३ औँ खेलमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स प्रतिष्पर्धा गर्दैछन् । कोलकाताको प्रतिष्ठित इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

कोलकाताले आफ्नो अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई ५ रनले पराजित गरेको थियो । १० खेलमा चार जित र ६ मा हारसहित कोलकाता अंक तालिकाको आठौं स्थानमा छ ।

यता, पञ्जाब किंग्स आफ्नो अघिल्लो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो । टोली १० खेलबाट पाँच जित रपाँचमा हारसहित पञ्जाब अंक तालिकाको सातौं स्थानमा छ । दुवै टोलीले लिग चरणमा चार खेल खेल्न बाँकी छ र प्रतियोगिताको प्लेअफमा पुग्न सकेसम्म धेरै जित्ने लक्ष्य राख्नेछ।

आईपीएलमा कोलकाता र पञ्जाबले अहिलेसम्म ३१ पटक आमनेसामने गरेका छन् । जसमा कोलकाताले २० खेलमा जित हासिल गरेको छ भने पञ्जाबले ११ मात्र जितेको छ। यो सिजनको पहिलो खेलसहित कोलकातासँगको पछिल्लो पाँच भिडन्तमध्ये पञ्जाबले तीन जितेको छ। सिजनको पहिलो खेलमा पञ्जाबले पाँच विकेटको क्षतिमा १९१ रन बनाएको थियो र डिएलएस विधि मार्फत ७ रनले कोलकाता पराजित भएको थियो ।

कोलकाताको सम्भावित प्लेइङ ११

आरके सिंह, जेजे रोय, एन राणा (कप्तान), एडी रसेल, एसपी नरिन, वीआर अय्यर, रहमानउल्लाह गुरबाज (विकेटकीपर), शार्दुल ठाकुर, वरुण चक्रवर्ती, वैभव अरोरा, एच राणा ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ ११

शिखर धवन (कप्तान) , शाहरुख खान, एसएम कुरान, आर धवन, एमडब्ल्यू शर्ट, एलएस लिभिङस्टोन, पी सिमरन सिंह, जेएम शर्मा (विकेटकीपर), आरडी चाहर, हरप्रीत ब्रार, अर्शदीप सिंह ।